प्रचण्डको ठाडो निर्देशनपछि सुदूरपश्चिम सरकारलाई माओवादी केन्द्रले विश्वासको मत दिने



धनगढी । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनपछि सुदूरपश्चिम सरकारलाई माओवादी केन्द्रले विश्वासको मत दिने भएको हो ।

हिजो माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलले पत्र लेखेर विश्वासको मत दिनेबारे पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिन निर्देशन आएको बताउँदै भागवण्डा र पावर सेयरिङको विषय पनि माथिबाट नै टुंगो लागेको बताए ।

प्रचण्डको निर्देशनपछि अहिले माओवादी केन्द्र दलको बैठक बस्ने तयारीमा छ । उक्त बैठकले सोही निर्णय सदर गर्ने बुझिएको छ ।
माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्