सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । आज (आइतबार) उनले प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

सोही प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठकको आह्वान गरिएको छ । यसअघि एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्