प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो


काठमाडौं ।

प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ । ४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ३ कम्पनीको मूल्य बढेको छ भने ३५ को मूल्य घटेको छ र १ कम्पनी स्थिर रहेको छ ।

यसैगरी १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।