काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । विजय लघुवित्तले लाभांश सम्बन्धी बसेको सञ्चालक समितिको निर्णय समयमै नेप्सेलाई जानकारी नगराएपछि काराबाही गरेको हो ।
कम्पनीले लाभांश वितरण गर्ने निर्णय माघ १० गते गरेको थियो तर नेप्सेलाई भने बुधबार (माघ २५ गते) बेलुकी ६ः३५ बजे मात्र जानकारी गराएको हो । मूल्यसँग सम्बधित् संवेदनशील सूचना तथा जानकारी प्रवाहमा विलम्ब गरेको भन्दै नेप्सेले यस लघुवित्तको सेयर कारोबार बिहीबारदेखि रोक्का गरेको हो ।
विजय लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण दिने निर्णय गरेको थियो ।
नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया