आइतबार सुनको मूल्य घट्यो : प्रति तोला कति पुग्यो ?


काठमाडौं ।

साताको पहिलो दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।गत साता मूल्य बढ्दै प्रतितोला एक लाख ७ हजार रुपैयाँसम्म पुगेको सुन दुई दिनमा तोलामा ३४ सय रुपैयाँले घटेको छ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ कायम छ। शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।