उही खोलीको पानी र उही खोलीको माछा नहोस् अबको शासन सत्ता



हाम्रो देशका नेताहरू बहुभाषी छन् । दूरगामी र दूरदृष्टिले भरिएका छन् । जोखना आफैं हेर्न पनि सक्छन् र भविष्यवाणी पनि आफैं गर्न सक्छन् ।

कुनै धोती लगाएको उपाध्याय, राजोपाध्यायको आवश्यकता छैन । बोली फेर्न र मिलाउन सक्षम छन्, जुन नेताहरू हाम्रो धरातलमा यथेष्ट छन् । भलै ती नेता जनताले मन पराएर, चाहेर, आवश्यक ठानेर चुनी पठाएका किन नहुन्, सत्ता–मन्त्रको पाठ भएको अवधारणापत्र हातमा परेपछि नेताहरूको बोली एकनासको भैहाल्छ । हिजो बेलुकी बोलेको कुरा आज बिहान मुख कुल्ला गर्दा फेरिहाल्छन् । वरिष्ठ उपरखुट्टे पत्रकारलाई उल्लु बनाएर होलाई होइनमा पु¥याइहाल्छन् ।

गठबन्धनमा एउटा तारो बनाए, जुन तारो देश विकासका लागि र जनइच्छालाई आत्मसात् गर्नका लागि थिएन । जे थियो पुराना सत्ताधारी गठबन्धनले नयाँ सत्ताधारीको एउटा पाटोलाई बल्ड्याङ खुवाउनु थियो तर त्यो गठबन्धनको लक्ष्य तीन चौथाइ उत्तानो प-यो र एक चौथाइ नाङ्लोबाट उछिट्टिएर नाटकीय पात्रको रुपमा पराजयलाई स्वीकार्दै निकै पुरानो सत्ताका मालिकसँग गुजुल्टिन पुग्यो । जो अहिले जनचाहना र जनताको आकांक्षा अनुरुपको शासन सत्ता सम्हाल्न भनेर सीधै विमानस्थलको उद्घाटन गर्न पुगेका छन् ।

अबका जनताले वर्तमान सरकारबाट उद्घाटनको होइन कि उत्पादनको आवश्यकता खोजेका छन् । यो कुरा नवगठबन्धित सरकारले बुझ्न जरुरी छ । ल्याइते र ब्याइते पत्रकारहरूको सामु जनचाहनाको कुरा सुनाएर दम्भ निकाल्न यो समय उचित छैन । उद्घाटन गरेर खम्बामा सुनौलो अक्षरले आफ्नो नाम टँसाएर मात्रै जनताको चाहना पूरा हुँदैन । यो कुरा उच्च तहका व्यक्तित्वहरूले सिफारिस गरेर राखेका वरिष्ठ सल्लाहकार र स्वकीय सचिवहरूले पनि बुझ्न जरुरी छ ।

शासन र सत्ताका लागि उच्च तहका नेताहरूले जस्तोसुकै चाल चलेर माथिल्लो स्तरमा पुगे पनि मध्यमस्तरका बीचमा खुशीयाली छाएको छैन । उनीहरू आ–आफ्नै नेताहरूको खोइरो खनेर हिँडिरहेका छन् । कोही भन्छन्– ‘डाडु–पन्यू हातमा राखेर भान्साको साँचो मात्र थमाइदियो, के अर्थ भयो र !’ कोही भन्छन्– ‘राजनीति भनेको यस्तै हो, उनीहरूलाई पद र कुर्सी पाए पुग्ने रहेछ, हामी दोबाटोमा अलपत्र प-यौं ।’

अझ कोही यस्तो पनि भन्ने गर्छन् कि हाम्रा नेतालाई बाँदर नचाएझैँ नचाउने भो भनेर । फेरि अर्का थरी भन्छन्– ‘जे ग¥यो ठीक ग¥यो ।’ खासमा अहिलेको परिस्थितिमा जे गर्नु थियो ठीकै गरेको हो भन्नेमा मनन गर्नु नै उचित हो । शासन सत्तामा लिसो टाँसिएभैmँ टाँस्सिएर बस्नु भनेर नेपालको संविधानमा उल्लेख गरेको छ र !

नेपाली कांग्रेसका वयोवृद्ध नेतादेखि युवा नेताहरूमा समेत कुन कुराको दम्भ छैन र ! शासनको विधिविधानमा व्यवधान गर्नुहुन्न, यो त सिंगो देशको लागि सकारात्मक ढंगले अगाडि बढ्नुपर्छ भनेर, त्यो दिमागमा किन आएन ? आपूmलाई आफैं ले ठूला ठान्नलाई कमसेकम ५५ प्रतिशत जनताले रुचाउन प-यो नि ! जब कि एकताका झन्डै दुई तिहाइ मत पाएर सरकार बनाएका हुन् । त्यति बेला पनि नियन्त्रणमा राख्न सकेनन् भने अहिले बटुलबाटुल पारेर ८९ सिट जम्मा गर्नेले ताल्चा, साँचो, भान्सा, भण्डार सबै चाहिन्छ भनेर घुँडा टेक्न थालेपछि उनकै छत्रछायाले मन पराउँदैनन् भने अरुले चाहिँ स्वीकार गर्छन् र !

यही कुराको परिणामले बन्न पुगेको हो नयाँ सत्ता समीकरण । अब यताको सत्ता समीकरणलाई जनता र देशको आवश्यकतालाई थाती राखेर उही पद र उही कुर्सीका लागि लुछाचुँडी गरी उही खोलीको पानी र उही खोलाको माछोजस्तै गर्न थाले भने न देशले माफ गर्नेछ, न त जनताले । त्यसैले उद्योगधन्दा, कृषि उत्पादन, बेरोजगारी समस्या, सुकुम्बासी समस्याजस्ता अत्यावश्यक कुराप्रति नयाँ सरकार चेतनशील बनोस् । अर्थ, शिक्षा, स्वास्थ्य, खाद्य र घरेलु उद्यमका लागि सरकार यथाशीघ्र अग्रसर होओस्, सफल कार्यकालको शुभकामना !

प्रतिक्रिया दिनुहोस्