सुनको मूल्य बढ्याे, चाँदीकाे मूल्य घट्याे



काठमाडौं । 

नेपाली बजार सुनकाे मूल्य आज सुन तोलामा तीन सय रुपैयाँले बढेर बढेकाे छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको एक लाख दुई हजार नाै सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको थियाे ।चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्