बिहिबार सुनकाे मूल्य घट्याे, प्रतिताेला कति पुग्याे ?


काठमाडौं ।

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार भने छापावाल सुन प्रतितोला एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । नेपाली बजारमा बिहीबार प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ९बुधबार० प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।