सुनको मूल्य बढ्यो, प्रतिताेला कति ?



काठमाडौं । 

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार दुई सय छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ ।  महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्