प्रतितोला १ हजार रुपियाँले बढ्यो सुनको भाउ,चाँदीको कति ?



काठमाडौँ ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

सोमबार प्रतितोला ९७ हजार २ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ हजार रुपियाँले बढेर ९८ हजार २ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३० रुपियाँले बढेर १३ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्