सुनको मूल्य घट्यो, चाँदीको स्थिर



काठमाडौँ।

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार प्रतितोला ९४ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपियाँले घटेर ९४ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपियाँ रहेको  छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । मंगलबार चाँदी तोलाको १२ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्