अमेरिकी डलरको भाउ घट्यो



काठमाडौं।

अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपियाँ ६१ पैसा र बिक्रीमा १३२ रुपियाँ २१ पैसा रहेकोमा मंगलबार घटेर खरिदमा १३० रुपियाँ ७८ पैसा र बिक्रीमा १३१ रुपियाँ १८ पैसामा झरेको हो ।

यसैगरी युरोपियन युरो पनि घटेको छ । यसअघि एकको खरिददर १३१ रुपियाँ ११ पैसा र बिक्रीदर १३१ रुपियाँ ७१ पैसा रहेकोमा आज घटेर खरिदमा १३० रुपियाँ ५८ पैसा र बिक्रीमा १३१ रुपियाँ १८ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपियाँ ५२ पैसा र बिक्रीमा ८४ रुपियाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९५ पैसा र बिक्रीदर ९७ रुपियाँ ३९ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९३ रुपियाँ १० पैसा र बिक्रीदर ९३ रुपियाँ ५३ पैसा रहेको छ ।

जापानी येन १० एकको खरिदमा ८ रुपियाँ ९२ पैसा र बिक्रीमा ८ रुपियाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपियाँ ०९ पैसा र बिक्रीदर १८ रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३४ रुपियाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपियाँ ७६ पैसा र बिक्रीदर ३५ रुपियाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपियाँ ५९ पैसा र बिक्रीदर २७ रुपियाँ ७२ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपियाँ ३८ पैसा र बिक्रीमा ९ रुपियाँ ४२ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्