सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौँ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार प्रतितोला ९३ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय २५ रुपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्