प्राइम कमर्सियल बैंकको नाफा घट्यो


काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड ४१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३४.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५० पैसाले घटेर ११ रुपैयाँ ८२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।