इम्पेरिमेन्ट चार्ज बढेसँगै घट्यो सिद्धार्थ बैंकको नाफा कति ?


काठमाडौं ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा ४७.४८ प्रतिशतले घटेर ४९ करोड ८२ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ९४ करोड ८७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष २० करोड ८५ लाख १३ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ८९ करोड ३० लाख ६५ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा भने ३११.३९ प्रतिशत ले बढेर एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १५ पैसा छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।