सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौँ ।

साताको चौंथो कारोबारदिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपियाँले बढेर ९४ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ।

यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला एक हजार २०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्