मिनरल वाटरको भाउ प्रतिबोतल १६ रुपियाँ तय



काठमाडौं ।

सरकारले पानीको भाउ तय गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लिटर (बोतल) पानीको भाउ १६ रुपियाँ तय गरेको हो ।

विभागले सोमबार व्यवसायीहरूलाई दिएको निर्देशनअनुसार काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपियाँ, २० लिटर जारको ४७ रुपियाँ तथा उपत्यका बाहिर १ लिटर बोतलको २० रुपियाँ र २० लिटर जारको पानी ६० रुपियाँ तोकिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले अध्ययन गरी पानीको मूल्य लागू गर्न निर्देशन दिएको थियो । सोही निर्देशनपछि विभागले मूल्य निर्धारण गरेको हो । तोकिएको मूल्यभन्दा बढी लिए कारबाही गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्