सुनचाँदीको मूल्य घट्यो



काठमाडौं ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार २ सय रुपियाँले घटेर ९४ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपियाँले घटेर १ हजार २ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्