सुनचाँदीको मूल्य घट्यो



काठमाडौ।

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपियाँले घटेको छ । हिजो प्रतितोला ९६ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपियाँले घट्दै ९५ हजार दुई सय रुपियाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्यसमेत तोलामा आठ सय रुपियाँले घट्दै ९४ हजार सात सय रुपियाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपियाँले घट्दै आज एक हजार २३० रुपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्