महिला प्रहरी बलात्कार आरोपमा प्रहरी निरीक्षक पक्राउ



धादिङ, १६ असोज । आफ्नै अंगरक्षक लाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक अपूर्व ढुंगानालाई आइतबार पक्राउ गरिएको छ। आफूमाथी जबरजस्ती करणी गरेको ती महिला प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रमुख राकेश सिंहसमक्ष उजुरी गरेपछि छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताउनुभयो।

डीउटीमा बसेकी महिला प्रहरीले आफूमाथी अन्याय भएकोले न्याय पाउँ भन्दै उजुरी गरिएको थियो । महिला प्रहरी बस्ने क्वटरमै गएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

महिला प्रहरीलाई सुरक्षा गार्ड बनाएर राखेका ढुंगानाले पावर लगाएर इलाका प्रहरीखानीखोला आएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङले उजुरीमाथी छानविन भएको जनाएको छ। स्थानीय तहको निर्वाचन देखि विवादमा आएका ढुंगाना आफ्नै सहकर्मीमार्थी कुटपिट गरेको सार्वजनिक क्षेत्रमा नागरिकहरुमार्थी अभद्र व्यवहार गरेको जस्ता आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्