सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपियाँले घटेर ९१ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार ९ सय सय रुपियाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १० रुपियाँले घटेर प्रतितोला ११ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्