सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपियाँमा कारोबार भइरहेको छ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी तोलामा १० रुपियाँले घटेर प्रतितोला ११ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्