सुनको मूल्य प्रतितोला १ हजार रुपियाँले घट्यो



काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपियाँले घटेको छ ।

यससंगै छापावाल सुनको मूल्य ९१ हजार ८ सय, तेजावी सुनको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७० रुपियाँ प्रतितोला कायम भएको छ ।

शुक्रबार ९२ हजार ८ सय रुपियाँमा छापावाल, ९२ हजार ३ सय रुपियाँ तेजावी र १२ सय रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्