प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो



काठमाडौं ।

मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ । मंगलबार बिहान ११ बजेसम्म तीनवटा कम्पनीको सेयरको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्