सुनचाँदीको मूल्य घट्यो



काठमाडौँ ।

साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७ सय रुपियाँले घटेर प्रतितोला ९२ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी तोलामा १० रुपियाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्