बजाजको उपहारसँगै स्वरोजगार अफर



काठमाडौं । 

बजाज थ्री ह्विलर्सको वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दशैं, तिहार र छठ अभियान शुरू गरेको छ । ‘यसपटकको चाड, उपहारसँगै स्वरोजगार’ नारा राखिएको छ ।

बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि शुरू गरिएको यो अभियानमा बजाज म्याक्सिम सी वा बजाज आर बीएस सिक्सको खरिदमा ३२ इन्चको हिमस्टार स्मार्ट टिभी वा सामसङ एफ २२ स्मार्ट फोन पाउन सक्नेछ ।

हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहक माझ यो अभियान प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताउनुभयो । यो अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्