राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय)  र प्रशासनतर्फ सहायक ९सहायक द्वितीय० पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ ।

प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा एकजना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति ६ असोजसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी १३ असोजसम्म दरखास्त पेस गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्