सुनचाँदीको भाउ बढ्यो



काठमाडौं।

नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपियाँ र चाँदी १० रुपियाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य आज तोलामा पाँच सय रुपियाँले बढेर ९५ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी एक हजार १७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्