भाेलि धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड



काठमाडौं ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि (मंगलवार) बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण हुनेछ ।

रितपूर्वक आवेदन दिने ३० हजार ९२१ जनाले मात्रै कम्पनीको सेयर प्राप्त गर्नेछन् । भने बाँकी १९ लाख २१ हजार ५३१ आवेदकको हात खाली हुनेछ । कम्पनीले साउन २४ गतेदेखि आईपीओ निष्काशन गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्