जुत्ताचप्पल मेला शुरू, ५० प्रतिशतसम्म छुट



काठमाडाैं । 

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पाँचाैं जुत्ताचप्पल व्यापार मेला आइतबारदेखि शुरू भएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पाँचौं व्यापार प्रवद्र्धन मेला हुन लागेको हो ।

मेला संयोजक सुरज बन्जाडेका अनुसार विदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागिएको हो ।

मेलामा १० देखि ५० प्रतिशतसम्म छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिने छ । मेला १५ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्