सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौँ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९५ हजार ५ सय रुपियाँमा कारोबार भएको छापावाल सुन स्थिर रहेर आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोलामा १५ रुपियाँले घटेर ११ सय ७० रुपियाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्