नेसनल हाइड्रोपावरको भदौ १० विशेष सभा



काठमाडौं ।

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गते विशेष साधारण सभा बोलाएको छ । साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा डेलिस ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बोनस सेयर वितरण र सुनकोसी हाइड्रोपावर कम्पनीको प्राप्तिपछि कायम चुक्ता पुँजीको ५०५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस हुनेछ ।

सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले बिहीबार भदौ २ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, आज बुधबार भदौ १ गतेसम्म कायम रहने सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्