माछापुच्छ्रे बैंकको १६८ औं शाखा अर्जुनचौपारीमा



स्याङ्जा।

माछापुच्छ्रे बैंकले आफ्नो १६८ औं शाखा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ मा विस्तार गरेको छ । बैकले १६८ औँ शाखा रहित बैकिङ् सेवा सुचारु गरेको बैंकका डिजिटल बैंकिङ नायब प्रमुख बिनय रेग्मीले जानकारी दिनुभयो ।

एक डिभाइसको माध्यमबाट शाखा रहित बैकिङ् सेवाले रेमिट्यान्स पाउन, खाता खोल्न, पैसा जम्मा गर्न तथा झिक्न र लगानी गर्नुका साथै फोन पे सेवा समेत दिनेछ । ८० प्रतिशत वित्तिय सेवा प्रवाह दिने उद्देश्यले सुरु गरिएको यो बैंक यस गाँउपालिकामा कमर्सियल बैंकका रुपमा दोस्रो हो । यस भन्दा अगाडि राष्ट्रिय बाणिज्य बैंकले सेवा दिदै आएको थियो ।

बैंकको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले छिटो र छरितो बैकिङ् सेवा दिने उद्देश्यले शाखा रहित सेवा पालिकामा ल्याएको बताउनुभयो । हरेक गरिब तथा निम्न आयस्तर भएका नागरिकलाई शेयरबजारको माध्यमबाट आर्थिक आर्जन गराउने उद्देश्य आफ्नो रहेकोले अध्यक्ष तिवारीले अर्जुनचौपारीको माछापुच्छ«्रे बैकको बैकिङ् सेवामा डिम्याट खाता खोल्न र आइपिओ भर्न कुनै थप पैसा खर्च गर्न नपर्ने बताउनुभयो ।

बैंकका सीइओ अजय आचार्यले शाखा रहित बैकिङ् सेवा सरल र सहज सेवा हुने बताउदै बैकिङ् प्रतिनिधीले घर घरमा पुगेर सेवा दिन सक्ने विश्वास दिलाउनुभयो । शुभारम्भ कार्यक्रममा पालिका उपाध्यक्ष सपना गुरुङ्, वडा अध्यक्ष रण बहादुर थापा, बैकिङ् सेवाका प्रतिनिधी टोप बहादुर क्षेत्रीले ग्रामिण क्षेत्रमा बैकिङ् सेवा पाउनु पनि महत्वपुर्ण हुने बताउनुभयो ।

यसै विच बैंकले भीरकोट नगरपालिका ४ छाङछाङदी मन्दिरमा क्युआर पे मार्फत दान दिन मिल्ने ब्यवस्था मिलाएको छ । माछापुच्छ«्रे बंैक वालिङ शाखाले मन्दिर ब्यवस्थापन समितिको सहकार्यमा क्युआर पे मार्फत दान दिन मिल्ने ब्यवस्था गरेको हो । क्युआर पे को शुभारम्भ गर्दै भीरकोट नगरपालिका प्रमुख गोबिन्द कुमार कर्माचार्यले क्युआर पे राखेर बैकले धार्मिक स्थलमा दान गर्न सहज बनाएकोमा बैंकप्रति आभार व्यक्त गर्नुभयो ।

बैंकले दर्शनार्थीले गरेको दान नबिग्रियोस र पारदर्शी बनोस भन्ने हेतुले क्युआर पे मन्दिरमा राखेको बैकका शाखा रहित बैकिङ् सेवाका इन्चार्ज बिकास श्रेष्ठले बताउनुभयो । अबिर र पानीले राज्यको ढुकुटी बिग्रने देखेर मन्दिरमा क्युआर पे कार्यक्रम बैकले अगाडी सारेको श्रेष्ठले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्