सुनचाँदीको मूल्य घट्यो



काठमाडौं ।

साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ५ सयले घटेर ९६ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपियाँले घटेर १ हजार २ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्