ई–सेवा रेमिटोत्सवमा गोरखाका कमरले जिते ५० हजार



काठमाडाैं ।

ई–सेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राहीमैत्री योजना ‘रेमिटोत्सव’ सम्पन्न गरेको छ ।

वैशाख १, २०७९ बाट प्रारम्भ भएर साउन ४ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवद्र्धन गरेको थियो ।

वैधानिक रूपमा रेमिट्यान्स पठाऔं रेमिटोत्सव मनाऔं मूल नाराका साथ सम्पन्न अफरमा, १४ हप्तासम्म संसारका २ सयभन्दा बढी मुलुकबाट ई–सेवा मनी ट्रान्सफरमार्फत् रेमिट्यान्स कारोबार गर्नेमध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८जनालाई प्रत्येक दिन उपहारस्वरूप ५ हजार प्रदान गरिएको थियो ।

त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा निवासी कमल कमर हुनुभएको छ भने उहाँले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट ई–सेवा मनी ट्रान्सफरमार्फत् रेमिट्यान्स पठाउनुभएको थियो ।
रेमिटोत्सव योजनाबारे बोल्दै ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भन्नुभयो – ‘नयाँ वर्षको २०७९को अवसरमा वैधानिक रूपमा रेमिट्यान्स पठाउने सन्देशमूलक योजना – रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हामी खुसी छौं ।

रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भित्र्याउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिनेमा दुईमत छैन । ई–सेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भए पनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राहीमैत्री डिजिटल रेमिट्यान्समा आइपÞmोन जित्ने चान्स अफर लिएर आइसकेको छ । विदेशबाट सोझै ई–सेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमूलक अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले १ सय बोनस पाउने छन् । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो ई–सेवा वालेटमा प्राप्त गरी सेवाग्राहीले २ सयको बोनससमेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्