महालक्ष्मी विकास बैंकको नाफामा उछाल



काठमाडाैं।

महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८-७९ मा ९५ करोड १९ लाख ८ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८-०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७÷०७८ को तुलनामा ४४ दशमलव २१ प्रतिशतले बढाएको हो ।
बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८ दशमलव ८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको छ । बैंकको निक्षेप र कर्जा क्रमशः ३९ अर्ब ८८ करोड १२ लाखबाट १५ दशमलव ९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७-७८ मा निष्कृय कर्जा अनुपात २ दशमलव ८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८-०७९ मा ० दशमलव ३७प्रतिशतले सुधार भई २ दशमलव ४३ प्रतिशत पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपियाँ चुक्ता पूँजी रहेको बैंकले गत आबमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पु-याएको छ । बैंकको प्रतिसेयर आम्दानी १९ दशमलव ७५ रुपियाँबाट बढेर २३दशमलव ७३ रुपियाँ पुगेको छ ।यस्तै पुँजी पर्याप्तता अनुपात ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सेयरधनी पुँजीकोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८-०७९ मा सेयरधनी पुँजीकोष ६ अर्ब ४२ करोड ९ लाख छ ।

प्रतिक्रिया दिनुहोस्