सुनको मूल्य बढ्यो



काठमाडौँ। 

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोलामा ८ सय रुपियाँले बढेर ९६ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १२ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्