नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न



काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्ट कन्फरेन्स सम्पन्न गरेको छ । ए बाउन्स ब्याक एयर २०७९–०८० भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत् २३० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

सञ्चालक बिमलप्रसाद ढकालले मानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उद्घाटन गर्दै कर्मचारीले आम नागरिकको आशा र विश्वास जितेर काम गर्न सुझाव दिनुभयो । कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीलाई गत आर्थिक वर्षको कार्यसम्पादनका लागि धन्यवाद दिनुभयो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०७९-८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराउनुभएको थियो । हाल कार्यरत जोन प्रमुखहरू, क्षेत्रीय प्रमुखहरूलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरूले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षणसमेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्