सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपियाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। हिजो (मंगलबार) छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपियाँले घटेर १२ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्