सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौँ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ४ रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सयले बढेर प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्