रियलमीको रियलमी सी ३१ फोन नेपालमा



काठमाडौं  ।

स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्रि लेभल स्मार्टफोन रियलमी सी ३१ लन्च गरेको छ । लन्च गरिएको उक्त स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्छ ।

त्यस्तै, यसमा १ दशमलव ८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफीको लागि १३ एमपीको क्यामरा रहेको छ । १७ हजार ७ सय ९९ रुपियाँको आकर्षक मूल्यमा ४ जीबी ¥याम र ६४ जीबी रोमसहित उपलब्ध उक्त फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो–यो क्लासकै बेस्ट पर्फमिङ स्मार्ट फोनको रूपमा रियलमी सी ३१ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिस छ हुनुका साथै सुपथ मूल्यमा पनि उपलब्ध छ । हामी टप पर्फर्मेन्समा विश्वास गर्छौं उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्