सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?



काठमाडौँ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपियाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौसय रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्