सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा समन्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज छापावाल सुन प्रतितोलामा २ सय रुपियाँले बढेर ९५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबा भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोलामा १० रुपियाँले बढेर १२ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्