सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ।

साताको कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८ सयले बढेर ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यसै गरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपियाँले बढेरप्रतितोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्