सवारी कारवाहीबाट रामेछापमा एक करोड बढी राजश्व संकलन



रामेछाप ।

सवारी कारवाहीबाट रामेछापमा एक करोड बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ९ सय ५० सवारी कारबाही गर्दा १ करोड ७ लाख ४५ हजार रुपियाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी रामेछापले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार २०७८ साउनमा १२ सय कारबाही हुँदा ११ लाख ६८ हजार राजश्व संकलन भएको थियो । त्यसैगरी भदौमा १० लाख तीन हजार, असोजमा १३ लाख २८ हजार ५ सय राजश्व संकलन भएको थियो ।

कात्तिक महिनामा १४ सय सवारी कारबाही गर्दा १३ लाख ५ हजार ५ सय, मङ्सिरमा ९८ हजार, पुसमा १० लाख २७ हजार ५ सय, माघमा ७ लाख ३५ हजार, फागुनमा ७ लाख ४२ हजार ५ सय, चैतमा ६ लाख ६८ हजार ५ सय, वैशाखमा ५ लाख ८२ हजार ५ सय, ज्येष्ठ महिनामा ५ लाख २८ हजार ५ सय र असार महिनामा ६ लाख ७५ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी रामेछापको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ रामेछापमा ३३ सवारी दुर्घटना भएका थिए । दुर्घटना परी २२ जनाको ज्यान गएको थियो भने ९८ जना घाइते भएका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्