सुनचाँदीको भाउ घट्यो



काठमाडौँ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपियाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २ सय रुपियाँ पुगेको छ।

यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपियाँ कायम भएको छ।

यसैगरी मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपियाँले घटेको छ। चाँदी प्रतितोला ११५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्