सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौँ।

साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला एक सय रुपियाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपियाँ पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपियाँ कायम भएको छ।

यसैगरी सोमबार चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रतितोला ११५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्