व्यवसाय संचालनका लागि पालिकाको आर्थिक सहयोग



सिन्धुली ।

कृष्टलका गरगहना बनाउने व्यवसाय गर्न सिन्धुलीको घ्याङलेख गाउँपालिकाले महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । राष्ट्रपति महिला उत्थान जिवीको पार्जन कार्यक्रम अन्तर्गत महिलाहरुलाई कृष्टलका गरगहना बनाउने सिप सिकाई व्यवसाय सुरु गर्न गाउँपालिकाले नगद सहयोग गरेको हो ।

गाउँपालिकाको आर्थिक सहयोग तथा सामूहिक सरोकार समाज सिन्धुलीको प्राविधिक सहयोगमा घ्याङलेख गाउँपालिकाको वडा नं. ४ र ५ का २५ जना महिला दिदीबहिनीहरुलाई ५ दिनको कृष्टलका गहना बनाउने तालिम दिएको थियो ।

गाउँपालिकाले सोही तालिममा सहभागी भई कृष्टलका गहना बनाउन सक्ने २५ जना महिलाहरुलाई व्यवसाय संचालनका लागि जनही २६ हजारका दरले नगद सहयोग गरेको छ । राष्ट्रपति महिला उत्थान जिवीको पार्जन कार्यक्रम अन्तर्गत घ्याङलेख गाउँपालिकाको ४, ५ नम्बर वडाको महिलाहरुलाई कृष्टलका चुरा, पोते, तिलहरी, झुम्का लगाएतका गहना बनाउने सिप सिकाईएको सामूहिक सरोकार समाजका अध्यक्ष नवराज पहाडीले बताउनुभयो ।

गाउँपालिकाले छनोट गरेका दलित, गरिब, आयआर्जन नभएका तथा पछाडि परेका महिलाहरुको जिवीको पाजर्नमा सहयोग पुगोस भन्ने उदेश्यले तालिम र आर्थिक सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्