रक्तक्यान्सर पीडित पंगेनीलाई बेबिलोनको ५४ हजार



काठमाडौं।

स्याङ्गजा वालिङ्ग नगरपालिका १० का १८ वर्षीय रक्त क्यान्सर पीडित शिशीर पंगेनीको उपचारको लागि बेबिलोन नेशनल स्कुल शान्तिनगरले ५४ हजार ५०० रुपैयाँ उपचार सहयोग गरेको छ ।

बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राई तथा बेबिलोन स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्यले स्कुलले उपलब्ध गराएको ५४ हजार ५०० रुपैयाँ बराबरको चेक विरामीका बाबु रामु पंगेनीलाई विद्यालयमै हस्तान्तरण गरे ।

पोखरामा पढ्दै गरेका शिशीरलाई दाँतको उपचार गर्ने क्रममा रक्त क्यान्सर भएको शंका लागेपछि उनलाई थप उपचारको लागि मिनभवनस्थित निजामति कर्मचारी अस्पतालमा ल्याईएको थियो । रक्त क्यान्सर भएको पत्ता लागेपछि अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्