सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?



काठमाडौँ।

साताको कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन तोलाको ९३ हजारमा आइपुगेको छ।

यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको भाउ पनि बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्